काठमाण्डु- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको हो । उनी फ्लाई दुबईको विमानबाट सोमबार राती काठमाण्डु ओर्लिएका थिए। आगमन टनेल गेटमा जाँच गर्नेक्रममा गफरसँग उक्त सुन रहेको…