काठमाण्डु- नयाँ सरकार गठन भएको एक महिना नबित्दै अमेरिकाबाट उच्चस्तरीय कूटनीतिज्ञ सोमबार नेपाल आएको छ । अमेरिकाको दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री समीर पाल कपूर सोमबार तीनदिने भ्रमणका लागि नेपाल आएका हुन् । उनी आज बिहान सवा ६ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको स्रोतको भनाइ छ । नेपालमा बालेन शाहको नेतृत्वमा सरकार गठन…