काठमाण्डु नेपालको बैंकिङ क्षेत्रका सेलिब्रिटी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बालाजुस्थित मुख्यालयमा शाहलाई पार्टी प्रवेश गराएका हुन् । त्यसबेला सभापति रविले शाहलाई रास्वपाको ब्याचसमेत लगाइदिए। लामो समयसम्म बैंकिङ क्षेत्रमा नेतृत्व गरेका शाहले पछिल्लो समय नबिल बैंकबाट जागिरेका रुपमा सीईओबाट राजीनामा दिएका थिए। अब…