काठमाण्डु - पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बुधबार (आज) अन्तर्राष्ट्रिय उडान हुने भएको छ। छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो। सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए। ‘उडानका सबै तयार पूरा भइसकेको छ,…