उत्तर भारतको तापक्रम ४५ डिग्री पुग्यो, गर्मीले जनजीवन प्रभावित

काठमाण्डु– उत्तर भारतमा चर्किएको अत्यधिक गर्मीको लहरले दैनिक जनजीवन अस्तव्यस्त बनाएको छ। दिनको समयमा सडक र बजार प्रायः सुनसान बनेका छन् भने किसानदेखि व्यापारीसम्म असह्य तापक्रमबाट बच्न आफ्नो काम गर्ने समय नै राततर्फ सार्न बाध्य भएका छन्। तापक्रम निरन्तर बढ्दै जाँदा भारतका धेरै भागमा जीवनशैलीमै ठुलो परिवर्तन देखिएको छ। भारतको मौसम विभागले राजधानी नयाँदिल्लीमा बिहीबार…