काठमाण्डु – प्रतिनिधिसभा सभामुख डीपी अर्यालले जेठ १२ गते बस्ने गरी बैठक स्थगित गरेका छन् । बिहीबार विपक्षी दलहरूको नाराबाजी र विरोधबिच सभा सञ्चालन गरेका सभामुखले आगामी बैठक १२ गते मंगलबार बिहान ११ बजे तोकेका छन् । बिहीबार विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहँदा सभामुख अर्यालले सरकारको तर्फबाट विधेयक प्रस्तुत गर्न समय दिएका थिए…