राष्ट्रपति भण्डारीद्वारा क्रिसमस डे को शुभकामना

काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । उनले शनिबार सन्देशमार्फत शुभकामना व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्‌भाव, सहिष्णुता र ऐक्यबद्धताको…