काठमाण्डु - ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराज १९ वर्षपछि थुनामुक्त भएका छन् । केन्द्रीय कारागार गोलघरबाट उनलाई रिहा गरेर अध्यागमन विभागको जिम्मा लगाइएको छ । सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त भएसँगै उनलाई कारागारबाट अध्यागमन विभाग पुर्याइएको हो । आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्सलाई डिपोट गरिँदैछ…