साँझमा पूर्णबहादुर खड्कालाई भेट्न गोल्फुटार पुगे गगन

काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र पार्टीका नेता पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । सभापति थापा आइतबार खड्कालाई भेट्न उनको निवास गोल्फुटारमा पुगेका हुन् । आइतबार साँझ खड्का र सभापति थापाबीच भेटवार्ता भएको थापाको सचिवालयले पुष्टि गरेको छ । गगनले पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न अनुराेध गरेकाे बताइएकाे छ…