जापानमा ७.४ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाण्डु– जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार सोमबार साँझ उत्तरी जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा केन्द्रित भएर भूकम्प गएको हो। भूकम्पको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस गरिएको थियो । जापान मौसम विज्ञान एजेन्सीका अनुसार प्रारम्भिक सुनामी छालहरू उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने…