बालेनको चेतावनीलाई बेवास्ता गर्दै शिक्षक आन्दोलनमा, बालेनले खोजिखोजि कारबाही गर्ने!

काठमाण्डु- सरकारले संसद् सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज पनि शिक्षकहरूले प्रदर्शन गरेका छन् । काठमाण्डुको माइतीघर तथा वानेश्वर क्षेत्रमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरूले प्रदर्शन गरेका हुन् । बुधवारबाट सुरु भएको काठमाण्डु केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरूको अडान छ । शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ ।…