काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित नगरपालिका र गाउँपालिकाका लागि खटाएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई सात दिनभित्र हाजिर गराउन निर्देशन दिएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फर्काउन थालेपछि सात दिनभित्र हाजिर गराउन मन्त्री अमन लाल मोदीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरेका हुन् । मन्त्री मोदीको निर्णयअनुसार हाजिर नगराएका स्थानीय तहलाई मन्त्रालयले…