आज राति यी स्थानमा वर्षाको सम्भावना

काठमाण्डु – मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । शुक्रबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर…