नयाँ भूमि आयोग गठन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश

काठमाण्डु – सर्वोच्च अदालतले नयाँ भूमि आयोग गठन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्चको आदेशमा भनिएको छ, ‘अर्को भूमि आयोग वा जिल्ला समिति गठन नगर्नु नगराउनु र आयोग र समितिका स्रोत साधन, भौतिक सम्पत्ति…