काठमाण्डु- राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा प्रदेश मुख्यमन्त्रीहरुको सहभागिता रहेको थियो । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्को बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, प्रदेशका मुख्यमन्त्रीहरु, प्रतिनिधिसभाको विपक्षी दलको नेता वा प्रतिनिधिसभाको सदस्य रहने व्यवस्था छ। स्थानीय तहका जनप्रतिनिधि पनि…