काठमाण्डु - बिहीबार शपथ लिन छुटेका दुई सांसदले शुक्रबार शपथ लिएका छन् । शुक्रबार संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिएका हुन् । संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाबाट शपथ लिएका हुन् । सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गरेका छन् भने सांसद राईले नेपाली…