आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू

काठमाण्डु - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् । उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटाैँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको बताए। उनले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।…