अवरोधकाबीच बञ्चरेडाँडामा २८४ गाडीबाट फोहोर विसर्जन

काठमाण्डु -  स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाण्डुबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरे पनि प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको काठमाण्डु महानगरपालिकाले जनाएको छ । स्थानीयको अवरोध हटाउन बिहीबार पनि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।