डिजेल र ग्यासमा आयल निगमलाई उच्च नोक्सानी, अफवाहमा नलाग्न आग्रह

काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबारमा भारी घाटा व्यहोरिरहेको भन्दै पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएका मूल्यसम्बन्धी सूचनाहरू भ्रामक रहेको स्पष्ट पारेको छ । सोमबार विज्ञप्ति जारी गर्दै निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएका कारण चरम आर्थिक दबाबमा रहेको जनाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट चैत १७ गते प्राप्त नयाँ मूल्यसूची…