यस्ता छन् मन्त्रिपरिषद्का २४ निर्णय

काठमाण्डु- सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरुको आर्थिक वर्ष २०७९/८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यही साउन १ गतेदेखि लागू हुने गरी सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा,…