तेह्रथुम - कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिमका याे पाेखरी रहेको छ । धार्मीक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियाे तर अहिले सुनसान छ । हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लाेभलाग्दाे छ । सिधुवा-शुक्रबारे सडक खण्डको डङडङे भन्ने…