आयोगको इजलासमा कानून व्यवसायीको बहसः उपेन्द्र यादव पक्ष नै आधिकारिक

काठमाण्डु – वरिष्ठ अधिवक्ता महादेव यादवले जनता समाजवादी (जसपा) उपेन्द्र यादव पक्षले आधिकारिकता पाउनुपर्ने बताएका छन् । जसपाको विवाद समाधान गर्न निर्वाचन आयोगले गठन गरेको इजलासमा बोल्दै अभिवक्ता यादवले संसदीय दल र कार्यकारिणी परिषद्मा उपेन्द्रको बहुमत रहेकाले आधिकारिकता पनि उनैले पाउनुपर्ने बताए । ‘शुरुका संस्थापक ५० जना सदस्यमा कसको बहुमत छ ? उनीहरु कहाँ छन्…