सशस्त्रका आईजीपी अर्यालद्वारा उत्कृष्ट निर्वाचन प्रहरी र विपद् स्वयंसेवक सम्मानित

धनगढी – सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी, विपद् स्वयंसेवक र विपद् सूचकहरूलाई सम्मान गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको २५औँ वार्षिकोत्सवको विशेष अवसरमा आईतबार आयोजित समारोहमा महानिरीक्षक अर्यालले उनीहरूलाई सम्मानपत्र प्रदान गरेका…