काठमाण्डु – चितवनकी सुजिता भण्डारीको मृत्यु प्रकरणमा अभियन्ताहरुका कारण प्रहरीलाई अनुसन्धानमा समस्या उत्पन्न भएको छ । भण्डारीको संकास्पद मृत्युमा शुक्ष्म अनुसन्धान गर्नुपर्ने प्रहरी टोली अहिले आन्दोलन व्यवस्थापनमा जुट्नु परेको छ । काठमाण्डुस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण नखुलेपछि झनै गहन अनुसन्धानमा जुट्नुपर्ने प्रहरी अहिले विभिन्न अभियन्ताहरुको भीड नियन्त्रणमा जुट्नु पर्ने अवस्था सिर्जना…