नेता खतिवडाले गरे ओखलढुंगाका २ अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग

ओखलढुंगा – पूर्वसांसद एवं नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले जिल्लाका दुई अस्पताललाई १५ अक्सिजन सिलिण्डर सहयोग प्रदान गरेका छन् । उनले रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच सिलिण्डर अक्सिजन प्रदान गरेका हुन् । त्यस्तै नेता खतिवडाले डा कल्याण शर्मा र पवन श्रेष्ठको सहयोगमा खिजिदेम्बा गाउँपालिकालाई एउटा अक्सिजन कन्सन्ट्रेर उपलब्ध गराएका छन् ।…