काठमाण्डु - मुग्लिङ–मलेखु सडक खण्ड मंगलबारदेखि रातिको समयमा तीन दिनसम्म बन्द हुने भएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने घोप्टेभिर क्षेत्रमा भइरहेको भित्ता कटिङ कार्यलाई सुरक्षित र व्यवस्थित बनाउन रातको समयमा राजमार्ग पूर्णरुपमा बन्द गर्न लागिएको हो । मुग्लिन–नागढुङ्गा सडक योजना (पश्चिम खण्ड)का अनुसार राति १० बजेदेखि बिहान ४ बजेसम्म एम्बुलेन्स,…