काठमाण्डु – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याललाई प्रहरीले पक्राउ गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुर गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो । इन्स्योरेन्स कम्पनीले आफ्ना कर्मचारीहरूका लागि छुट्याएको शेयर बाँडफाँटका क्रममा अनियमितता गरेको देखिएपछि अर्याल अनुसन्धानको घेरामा परेका हुन्…