काठमाण्डु– विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा अन्तर्गतका सेवामा ढिलासुस्ती गर्नुका साथै बिरामीलाई आवश्यक सुविधा दिन आनाकानी गरेको गुनासो बढेपछि स्वास्थ्य बीमा बोर्डले कडाइ गर्ने संकेत दिएको छ । बोर्डका अनुसार केही सेवा प्रदायक संस्थाले बीमित सेवाग्राहीलाई सहज रूपमा सेवा नदिएको, अनावश्यक झन्झट दिने तथा उपचार प्रक्रियामा अवरोध सिर्जना गर्ने अवस्था देखिएको छ ।…