खोटाङ - मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए । बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि दोस्रो विवाह गरेर छाडिन् । बाबुआमापछि घरको जेठो सन्तानका रूपमा रहेकी सविता पनि केही समयपछि विवाह गरेर पराइ घर गइन् । त्यसपछि घरमा बाँकी रहेका बालबच्चाको अवस्था कस्तो होला ? हो, त्यही अवस्थाबाट गुज्रिरहेका छन्…