भक्तपुर - भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु भवानीमो मन्दिरमा गइन् । तर गेटमा पुग्न नपाउँदै त्यहाँका सुरक्षाकर्मीले भित्र जानबाट रोकिहाले । अनि मन्दिरमा चढाउन आएको अछेटा घरमै फिर्ता लगिन्। ‘पहिले पहिले मन्दिरभित्र गई पूजा गरेको थिएँ। दसैँमा पूजा गर्न आएको तर भित्र जान दिएन,’ उनले भनिन्, ‘कोरोना भएकोले भित्र जान नदिएको रे।…