आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाण्डु- सरकारले चैत २७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।  शनिबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै रामनवमीको अवसरमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले विदा दिने निर्णय गरेको हो ।