प्राविधिक समस्या आएपछि भद्रपुर उडेको बुद्ध एयर काठमाडौं फर्कियो

काठमाण्डु - भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज आकाशबाटै काठमाडौं फिर्ता भएको छ । टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए । फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु…