एमालेसँग चुनावी तालमेलको ढोका खुलै छ : वर्षमान पुन

कपिलवस्तु - नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आफूहरूले एमालेसँग चुनावी सहकार्यको ढोका बन्द नगरेको बताएका छन् । पुनले संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा वर्तमान सत्ता गठबन्धनआवद्ध कांग्रेस, एकीकृत समाजवादी र संघीय समाजवादीसँग तालमेलमा जोड दिने तर एमालेसँग पनि ढोका बन्द नराख्ने नीति आफूहरूको रहेको बताए । ‘सत्ता गठबन्धनका दलहरू बीचमै चुनावी तालमेल गर्नेमा…