७७५ गाडी भन्सार छली प्रकरण : छानबिन टोली मुस्ताङमा, प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी जिम्मेवारीमुक्त

काठमाण्डु - चीनको कोरलानाकाबाट भित्रिएका ७७५ वटा वीवाइडी विद्युतीय सवारीसाधनमा भन्सार छली भएको भन्ने विषयमा छानबिन गर्न अर्थमन्त्रालयद्वारा गठित समिति मुस्ताङ पुगेको छ। भन्सार विभागका निर्देशक भूपालराज शाक्यको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धान सुरु गरेको हो। टोलीले पोखराको हेम्जामा ९८ वटा, पर्वतको कुश्मामा १७ वटा र मुस्ताङको जोमसोम बसपार्कमा…