नेपालमा १ दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे

काठमाण्डु – नेपाल उद्योग परिसंघ (सीएनआई) अध्यक्ष वीरेन्द्रराज पाण्डेले १ दशकभित्र मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने बताएका छन् । शुक्रबार काठमाण्डुमा आयोजित परिसंघको २३औँ वार्षिक साधारणसभामा अध्यक्ष पाण्डेले सन् २०३३ सम्ममा प्रचलित मूल्यमा र सन् २०३९ सम्ममा वास्तविक मूल्यमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलरको बनाउन सकिने अध्ययनले देखाएको बताए । परिसंघले…