पूर्वउपकुलपतिहरुले भनेः बी एण्ड सीलाई सम्बन्धन दिन सरकारले दबाब दिनु दुर्भाग्य

काठमाण्डु – त्रिभूवन विश्वविद्यालयका पूर्वउकुलपतिहरूले झापास्थित दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन सरकारले दबाब दिएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै १२ जना पूर्वउपकूलपतिहरुले काठमाण्डु विश्वविद्यालयबाट सम्बन्धन दिलाउन प्रधानमन्त्री केपी शर्मा अ‍ोली र शिक्षामन्त्रीले दबाब दिएको भन्दै आपत्ति जनाएका हुन् । ‘काठमाण्डु विश्वविद्यालयले चिकित्साशिक्षा सञ्चालनका लागि सम्बन्धन दिनसक्ने…