काठमाण्डु – असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेपछि डोटीका किसान चिन्तित बनेका छन् । डोटीको बडिकेदार गाउँपालिकामा सोमवार तथा मंगलवार परेको असिनाले काउली, टमाटर, मुला, प्याज लगायतकाका बाली नष्ट गरेको किसानहरुले बताएका छन् । बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी गरेको बडिकेदार गाउँपालिका–४ का बमबहादुर पनाडीले गुनासो गरेका…