आजबाट १५ प्रतिशतसम्म बढ्यो गाडी भाडा, कुन रुटमा कति ? (सूचीसहित)

काठमाण्डु - सरकारले एक प्रदेशबाट अर्को प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आइतबार यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको हो । जसअनुसार पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जानकारी…