महानगरले भत्काउन थाल्यो भोटाहिटीका अवैध संरचना

काठमाण्डु - काठमाण्डु महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपासमाथि रहेका अवैध संरचना भत्काउन थालेको छ । महानगरको अवैध संरचना भत्काउने अभियानअन्तर्गत नगर प्रहरीको टोलीले आइतबार भोटाहिटीका अवैध संरचना भत्काउन सुरु गरेको हो । पैदलयात्रु हिँड्ने बाटोमा रहेका सबै अवैध संरचना हटाइने महानगरपालिकाले जनाएको छ । भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने अभियान नै सञ्चालन गरेको महानगरले दैनिक रुपमा…