सिंहदरबार प्रवेशमा कडाइ, यसअघि जारी भएका सबै पास खारेज

काठमाण्डु -  गृह मन्त्रालयले सिंहदरबार प्रवेशका लागि बनाइएका सरसफाइकर्मी बाहेकका अस्थायी र स्थायी पास तथा अस्थायी परिचयपत्र खारेज गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गरी कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनगर गरी सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग र विभिन्न कार्यालयबाट जारी भएका उक्त पास खारेज गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा…