विश्वकै ठूलो प्राकृतिक ग्यास उद्योगमा इरानले गर्‍यो मिसाइल आक्रमण

काठमाण्डु - मध्यपूर्व युद्धको २० औँ दिनमा इरानले कतारको रास लाफान इन्डस्ट्रियल सिटीमा मिसाइल आक्रमण गरेको छ । आक्रमणले त्यहाँ ठूलो क्षति पुगेको छ । त्यहाँ विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास रहेको छ । कतारको ऊर्जा कम्पनी कतार इनर्जीका अनुसार उद्योगमा आगलागी भएको छ, यद्यपि मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।…