काठमाण्डु – सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो भएको प्रेसर कुकर बम विष्फोटमा परी ७ जना घाइते भएका छन् । उक्त विस्फोटमा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । घाइते भएका दिनेशकुमार भण्डारीलाई हेलिकप्टरबाट काठमाण्डु ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ…