काठमाण्डु - कोरोना जोखिमका कारण नुवाकोटमा जारी निषेधाज्ञा एक साता थप गरिएको छ। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेअनुसार एक साताका लागि निषेधाज्ञा थप गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए। गत २५ साउनदेखि १० दिन लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने साथै रोगको सङ्क्रमण थप फैलन नदिन थप सतर्कता अपनाउने निर्णय गरिएको…