काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले काठमाण्डु उपत्यकालगायत देशका कुनै पनि स्थानमा घोषित वा अघोािषतरूपमा विद्युतभार कटौती नभएको पुनः दोहोर्याएको छ । प्राधिकरणले प्राविधिक समस्याका कारण एकाध मिनेट वा केही घण्टा कहीँकतै बिजुली काटिएको भए पनि त्यसलाई लोडसेडिङको रूपमा नबुझ्न पुनः आग्रह गरेको हो । प्राधिकरणले विगतमा जस्तै उपभोक्ताबाट सक्रियरूपमा साथ र सहयोग प्राप्त गर्ने विश्वाससमेत…