बैतडीमा जिप दुर्घटना, घटनास्थलमै ५ जनाको मृत्यु

काठमाण्डु – बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार दिउँसो झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीकाअनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।…