काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संसद्मा सीमा समस्याका सम्बन्धमा दिएको भनाइप्रति गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले आईतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवारपूर्ण र अक्षम्य भनेका छन् । प्रधानमन्त्री शाहले सार्वभौम संसद्को रोष्टममा उभिएर ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका…