बजेटको ठूलो हिस्सा कोरा कल्पनामा आधारित देखिन्छ: अध्यक्ष राणा

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोरा कल्पनामा आधारित बजेटको कारण आकाश छुने मूल्य वृद्धि हुने निश्चित रहेको बताएका छन् । ‘यो बजेटको ठूलो हिस्सा कोरा कल्पनामा आधारित देखिन्छ । वेरोजगारी हटाउने आश्वासनका थुपै्र पोकाहरू बाँडिएका छन् । तर समाधान हुने ठोस आधार देखिदैन । अझ ठूलो चिन्ताको विषय त…