लमजुङमा बस खोलामा खस्यो, एक जनाको मृत्यु

लमजुङ – लमजुङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार विहान ७ बजे बेंसीसहरबाट गोरखा जाँदै गरेको ग १ ख ५७९९ नम्बरको बस सुन्दरबजार नगरपालिका–७ पाउँदीमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त बस प्रहरी चेक पोष्ट नजिकैबाट करिव १०० मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ…