गैंडा गणनामा खटिएका कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

काठमाण्डु – बर्दियामा गैंडा गणनामा खटिएका एक जना कर्मचारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार गैंडा गणनामा खटिएका निकुञ्जका ३१ वर्षीय पुलिसराम थारुको मृत्यु भएको हो । गत बुधबारदेखि गैंडा गणनामा खटिएका मृतक थारुलाई बाघले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।