काठमाण्डु – काभ्रेको रोशी गाउँपालिकास्थित श्री हरिसिद्धि माध्यमिक विद्यालय र महाभारत गाउँपालिकास्थित श्री सिद्देश्वर माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भूमि पूजा सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, भारतीय राजदूतावासको राजनीतिक प्रभागकी प्रथम सचिव सौम्या सी र रोशी गाउँपालिकाका मेयरको उपस्थितिमा भूमि पूजा सम्पन्न भएकाे हो । भारत सरकारको आर्थिक सहयोगमा उक्त कार्यक्रममा…